हरेक सम्भावनाले महत्वपूर्ण प्रदेश नं. ३ (भिडियो सहित)

हरेक सम्भावनाले महत्वपूर्ण प्रदेश नं. ३ (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

  • ज्ञानमणि नेपाल कालोटोपी,
    काठमाडौं,

नेपालका सबै प्रदेशहरुको सामाजिक, आर्थिक, धार्मिक, पर्यटन तथा अन्य सम्भावनाहरु के छन् भन्ने खोजमुलक अभियानमा लागेको केन्द्रबिन्दु टेलिभिजनको विकास र खोज स्तम्भमा यस पटक प्रदेश नं. ३ परेको छ । के छन् त यहाँ , हामी आज यहाँहरुलाई त्यो जानकारी दिने प्रयास गरिरहेका छौं ।

 

नेपालको केन्द्रीय राजधानी समेत रहेको प्रदेश नं. ३ हरेक सम्भावनाले महत्वपूर्ण छ । यहाँको भौगोलिक क्षेत्रफल २० हजार ३०० वर्ग किलोमिटर (१४ प्रतिशत) छ । यस प्रदेशमा १३ वटा जिल्लाहरु रहेका छन् । ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी कुल ११९ वटा स्थानीयतह रहेको यस प्रदेशको जनसंख्या ५५ लाख २९ हजार ४५२ छ । यद्यपी यहाँ केन्द्रीय राजधानी काठमाडौं पनि रहेकाले देशविदेशका नागरिक बसोबास गर्ने हुँदा हाल बस्दै आएको जनसंख्या भने यो भन्दा बढी पनि हुन सक्ने अवस्था छ ।

यस प्रदेश अन्तर्गत पर्ने जिल्लाहरुमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं हुन् । यस प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल छन् । र यहाँको अस्थायी राजधानी हेटौडा हो । प्रतिव्यक्ति आय १ हजार ३५७ डलर रहेको यहाँबाट कुल राजस्वमा ४८.७६ प्रतिशत योगदान रहेको देखिन्छ । यहाँ अन्य प्रदेशको भन्दा धेरै सम्भावना रहेको छ । तर २१ प्रतिशत नागरिक भने स्वच्छ खानेपानीबाट अझै पनि बञ्चित छन् । हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo