मस्कोमा विशाल प्रदर्शन, १३ सय भन्दा बढी पक्राउ

मस्कोमा विशाल प्रदर्शन, १३ सय भन्दा बढी पक्राउ

केन्द्रबिन्दु
0
Shares

रुसको मस्कोमा विशाल प्रदर्शन भएपछि प्रहरीले एक हजार ३ सय भन्दा बढीलाई पक्राउ गरेको छ ।

स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएको विरोधमा सिटी हलमा भएको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दै ठूलो संख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो । सत्तापक्षले राजनीतिक स्वार्थपूर्तिका लागि विपक्षीलाई निर्वाचनमा सहभागी हुन नदिएको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।

सरकारले आगामी सेप्टेम्बर ८ मा हुने चुनावका लागि केही उम्मेदवारलाई प्रतिबन्ध लगाएपछि विरोध चर्किएको हो । निर्वाचन अधिकारीले ३० उम्मेदवारले आवश्यक पर्ने हस्ताक्षर संकलन गर्न नसकेको भन्दै चुनावका लागि अयोग्य घोषित गरेका छन् ।

मस्कोका मेयर सर्गेइ सोब्यानिनले शहरको सुरक्षामा चुनौती दिँदै प्रदर्शन गरिएकाले पक्राउ गरिएको बताएका छन् ।

Skip This
Skip This
Logo