एजेन्सी । बलिउड नायकसँग दुई केराको ४४२ भारु लिने एक पाँच तारे होटललाई २५ हजार भारु जरिवाना तोकिएको छ । नायक राहुल बाससँग दुई केराको ४४२ भारु असुल गर्ने चंडीगढको जेडब्ल्यू म्यारियोट होटलमाथि २५ हजार भारु जरिवाना तोकिएको हो ।
उनले उक्त केराहरूको तस्बिर र भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । राहुलको भिडियो भाइरल भएपछि एक्साक्ष्ज एण्ड ट्याक्सेशन डिपार्टमेन्टले कानूनको उल्लंघन गरेको भन्दै होटलमाथि यस्तो जरिवाना गरेको हो ।
कुनै फिल्म सुटिङ गर्न चंडीगढ पुगेका राहुल उक्त पाँच तारे होटलमा बसेका थिए । राहुललाई उक्त होटलले दुईवटा केराको ४४२ भारुको बिल पठायो । त्यसपछि उनले भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
यो भिडियो भाइरल भएपछि मामलालाई गम्भीरतापूर्वक लिँदै चंडीगढका डेप्युटी कमिश्नर, एक्साइज ट्याक्सेशन कमिश्नर मन्दिप सिंह बरारले होटल जेडब्ल्यू म्यारियोटविरुद्ध उच्च स्तरीय अनुसन्धानको आदेश दिएका थिए ।































प्रतिक्रिया