सरकारी अस्पताललाई प्रभावकारी बनाउन आग्रह

सरकारी अस्पताललाई प्रभावकारी बनाउन आग्रह

केन्द्रबिन्दु
18
Shares

बारा। प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्दै सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका हुन्।

आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको उनले जानकारी दिए।अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको बताए। अस्पतालका प्रमुख डाक्टर अजय गुप्ताले अस्पतालको सेवालाई विस्तार गर्दै जाने नीति रहेको जानकारी दिए।

Skip This
Skip This
Logo