काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिकरुपमा पदाधिकारी बैठक बोलाएको छ।
बैठक केहीबेरमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा राखिएको बताइएको छ।
संसद विघटन गर्न आज बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो । सो बैठकले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजाने निर्णय गरेको थियो । यसको अहिले सत्तापक्ष र विपक्ष सबैबाट विरोध भइरहेको छ ।
यसैबीच नेपाली कांग्रेसले संसद विघटनको सिफारिस विरोध जनाउँदै एक विज्ञप्ति जारी गरेको छ ।
कांग्रेसले यो अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल बनाउन आग्रह पनि गरेको छ । यस्तो छ कांग्रेसको विज्ञप्ति :
































प्रतिक्रिया