‘भाइरल’ वडाध्यक्ष जसले सबै तलव सहयोग गरेर सकाए

‘भाइरल’ वडाध्यक्ष जसले सबै तलव सहयोग गरेर सकाए

केन्द्रबिन्दु
0
Shares

नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिकाका एक वडाध्यक्षले आफ्नो तलब सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवर्द्धन ज्ञवालीले आफूले एक वर्षमा तलबबापत प्राप्त गरेको रु एक लाख २० हजार विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेका हुन्।

वडाध्यक्ष ज्ञवालीले गैँडाकोट–१७ स्थित अमर ज्योति माविलाई रु ४५ हजार बराबरको एक थान कम्प्युटर उपलब्ध गराएका छन्। उनले अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनाका लागि रु ४० हजार सहयोग गरेका छन् । सो बर्थिङ सेन्टरको आमा समूहकी अध्यक्ष लक्ष्मी सापकोटालाई उक्त रकम हस्तान्तरण गरिएको हो।

जनताको करबाट सङ्कलन गरेको रकम जनताकै लागि खर्च गरेको ज्ञवालीले बताए । गत वर्षको तलबसमेत आफूले विभिन्न सामाजिक कार्यमा नै खर्च गरेको उनले बताए । आगामी दिनमा समेत आफूले प्राप्त गर्ने आफ्नो तलब सामाजिक कार्यमा खर्च गर्ने ज्ञवालीको भनाइ छ ।

Skip This
Skip This
Logo