छिमेकी महिलासँग सहवास गरिरहेका बेला श्रीमती आएपछि भाग्न खोज्दा एक पुरुषको ज्यान गएको छ।
गुल्मीको मुसिकोट नगरपालिकामा एक जना पुरुषको घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर ज्यान गएको हो । जिल्लाको मालिका गाउँपालिका १, नेटा घर भई मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरी बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फालेर ज्यान गएको हो ।
उनी त्यो रात नजिकैको अर्कैको घरमा बास बस्न गएका थिए। उनकी श्रीमतीलाई शंका लागेर खोज्दै जाँदा उनी त्यो कोठामा फेला परेका थिए । श्रीमतीले बाहिरबाट ढोका लगाई दिएपछि भाग्ने क्रममा घर्ती सोही घरको झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनलाई लुम्बिनी मेडिकल कलेज वामीमा उपचार हुन नसकी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।





























प्रतिक्रिया