लागु औषधको विषयमा के भने सर्वेन्द्र खनालले ? (भिडियोमा)

लागु औषधको विषयमा के भने सर्वेन्द्र खनालले ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दावी गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले लागू औषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको पनि व्यवस्था गर्ने घोषणा गरे । उनले सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे ।

प्रहरी महानिरीक्षक खनालले लागू औषधको दूव्र्यसनीका कारण पनि सडक दुर्घटना बढ्ने काम भईरहेको उल्लेख गर्दै त्यसलाई त्रियन्त्रण गर्न प्रभावकारी कदम चाल्न पनि प्रहरीहरुलाई सचेत गराए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनिकरण गर्न पनि नेपाल प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा सो सम्बन्धि २/२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको स्ष्पट पारे ।

Skip This
Skip This
Logo