प्राध्यापक पाठकलाई शिक्षा सम्मान प्रदान गरिने

प्राध्यापक पाठकलाई शिक्षा सम्मान प्रदान गरिने

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। रुद्रराज साहित्य सेवा समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक शङ्करराज पाठकलाई यस वर्षको शिक्षा सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउँदै आएको शिक्षक मासिक पत्रिकालाई पनि यस वर्ष विशेष सम्मान प्रदान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष डा बद्रीराज पाण्डेले जानकारी दिए।

नेपालको शिक्षा, साहित्य, इतिहास तथा अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएका रुद्रराज पाण्डेको १२४औँ जन्मजयन्ती कार्यक्रममा उहाँहरुलाई उक्त सम्मान प्रदान गरिने छ।

विसं २०४४ मा स्थापित समितिले शिक्षा, साहित्य, इतिहास र अध्यात्म क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष आलोपालो गरी पाण्डेको जन्मजयन्तीका अवसरमा सम्मान गर्दै आएको छ।

Skip This
Skip This
Logo