मन्जु पौडेललाई आधा उमेर गएकोमा चिन्ता (भिडियोसहित)

मन्जु पौडेललाई आधा उमेर गएकोमा चिन्ता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सधैंजसो पृथक तीज गीत गाएर चर्चामा आउने गायिका हुन् मन्जु पौडेल।

पौडेलको यो वर्ष पनि विल्कुलै फरक खालका गीतहरु सार्वजनिक भएका छन् । केही समयअघि मात्रै तीज ब्याटल गीत सार्वजनिक गरेकी उनले अहिले फेरि नौलो खालको गीत सार्वजनिक गरेकी छन्।

उनको ‘काम भन्दै गयो मेरो आधि उमेर, घन्काइदेऊ मादलु नाच्छु घुमेर’ बोलको गीत सार्वजनिक भएको हो ।  यो गीतको भिडियोमा स्वयं मञ्जु पौडेल र चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेल फिचर्ड छन् । हरेक वर्ष तीजको गीतमा आमालाई प्रस्तुत गर्दै आएकी पौडेलले यस वर्ष पनि आमालाई भिडियोमा प्रस्तुत गरेकी छन् । उनकी आमा भगवती ज्ञवालीको पनि अभिनय भिडियोमा देख्न पाइन्छ ।

दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलले सङ्गीत एवं संगीत संयोजन रहेको यो गीतलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो । यस गीतको म्यूजिक भिडियोमा शिव विकको कोरियोग्राफी एवं निर्देशन रहेको छ ।

भिडियोको सौरभ लामाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

 

Skip This
Skip This
Logo