‘सबैको’ लघुवित्तले आइपिओ आज शुक्रबार बाँडफाँड गरिएको छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले शुक्रबार बिहान आइपिओ बाँडफाँड गरेको हो ।
जसमा ४९ हजार ५ सय २५ जनाले गोलाप्रथाबाट समान १० कित्ता दरले शेयर पाएका छन् । कुल ३ लाख २ हजार १ सय ९२ जनाले आवेदन दिएकोमा २ लाख ५२ हजार २१३ जनाको हात खाली भएको छ। त्यस्तै ४ सय ५४ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले साउन १ गते ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।































प्रतिक्रिया