लिबियामा शरणार्थी सवार पानीजहाज डुब्दा १५० जना भन्दा बढीको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) ले माछा मार्न तटीय क्षेत्रमा गएका झण्डै १ सय ३७ जनाको उद्धार गरेको जनाइएको छ । ।
दुईवटा पानी जहाज डुबेको र दुवैमा गरेर ३०० जना सवार रहेको बताइएको छ । लिबियाको राजधानी त्रिपोलीबाट १२० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।
हालसम्म लिबिया हुँदै युरोप प्रवेश गर्ने क्रममा १ सय ६४ जनाको ज्यान गएको पुष्टि भएको युएनएचसिआरले उल्लेख गरेको छ ।































प्रतिक्रिया