कांग्रेस बैठक १४ औँ महाधिवेशनको कार्यतालिकामा केन्द्रित

कांग्रेस बैठक १४ औँ महाधिवेशनको कार्यतालिकामा केन्द्रित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा विहिबार बसेको बैठकमा बोल्नुहुने केन्द्रीय सदस्यहरुले सो विषयमा आ–आफ्नो विचार व्यक्त गर्नु भएको काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस अघिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धी कार्यसूची पेश गरिएको थियो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार (आज) दिउँसो १ बजे पुनः बस्नेछ ।
रासस

Logo