मन्त्रिपरिषद्को आकस्मिक बैठक : संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिने

मन्त्रिपरिषद्को आकस्मिक बैठक : संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेको छ ।

बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज आइतबार नै बैठक बसेको थियो । बैठकका लागि बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरिएको थियो ।

गत मंसिर ३० गतेको बैठकले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । जसको अहिले सर्वत्र विरोध भइरहेको छ ।

यद्यपी सरकारले अध्यादेश फिर्ता लिने बताए पनि अहिलेसम्म फिर्ता लिएको छैन । जसका कारण संवैधानिक परिषदको बैठक कोरम नपुगेर बस्न सकेको छैन ।

Skip This
Skip This
Logo