प्रधानमन्त्रीले रअका प्रमुखलाई नभेटेको सञ्चारमन्त्रीको दाबी

प्रधानमन्त्रीले रअका प्रमुखलाई नभेटेको सञ्चारमन्त्रीको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख समान्तकुमार गोयलसँग भेट नगरेको दावी गरेको छ । बिहीबार आफ्नो मन्त्रालयमा आयोजित नियमित साप्ताहिक पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद वाँस्कोटाले यस्तो दावी गरेका हुन् ।

 

उनले रअसँग भेट नगरे पनि भेट गरेझैं गरी मूलधारका मिडियाले हल्ला फैलाएको आरोप लगाउँदै भने–प्रधानमन्त्रीले रअका प्रमुखसँग भेट्नु भएकै छैन । मिडियाले हल्ला फैलाएको मात्रै हो । मूलधारका मिडिया कुइरी मण्डलको खेतीमा नरुमलिउ ।’

प्रधानमन्त्रीले भारतका एक कर्मचारीसँग भेट गरिराख्नु पर्ने आवश्यकता नभएको उनको भनाइ थियो । ‘नेपाल सुन्दर देश छ, पशुपति छ । यहाँ घुम्न मान्छेहरू आइराख्छन्’ उनले भने –किन कर्मचारीलाई भेटिराख्ने ? अरु कसैले भेटेको भए कूटनीतिक मर्यादा अनुसार नै भेट्नुपर्छ ।

सोही पत्रकार सम्मेलनमा मन्त्री वास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको, खानेपानी, बन तथा वाताबरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न भर्नाका लागि राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको बताए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo