पोखरा रंगशाला : निर्माण सक्नुपर्ने समयमा भर्खर डिजाइन बन्दै

पोखरा रंगशाला : निर्माण सक्नुपर्ने समयमा भर्खर डिजाइन बन्दै

केन्द्रबिन्दु
0
Shares

पोखरा,
पोखरा रंगशालाभित्र निर्माण भइरहेको अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माण सम्पन्न गर्नुपर्ने समयसम्म पनि डिजाइनकै काम अलमलमा परेको छ ।

आगामी मंसिरमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल पोखरामा गर्ने लक्ष्यका साथ असार महिनाभित्र फुटबल स्टेडियम निर्माण सम्पन्न गरिसक्ने कार्यतालिका बनाइएको थियो । सोही अनुसार स्टेडियमको शिलान्यास गत फागुन २७ गते भएको थियो ।

फुटबल स्टेडियमको शिलान्यास कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले निर्माण कम्पनीलाई समयसीमाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । फुटबल मैदानको निर्माण सम्पन्न गर्नुपर्ने समयमा भर्खर नयाँ डिजाइन बन्न लागेको छ । असारमै सम्पन्न गर्ने भनिएको रंगशालाको साउनमा मात्रै डिजाइनको काम फाइनल हुन लागेको छ । रंगशालाभित्र प्राकृतिक खेलमैदान बनाउने कि कृत्रिम बनाउने भन्ने विषयमा निर्णय हुन सकेको छैन । कृत्रिम खेलमैदान बनाउन काम सुरु गरिएको छ । तर पछिल्लो समय प्राकृतिक खेलमैदान नै बनाउन डिजाइनको काम भइरहेको छ ।

 

निर्माणाधीन फुटबल रंगशालाको हालै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले निरीक्षण गरेका छन् । उनले खेलमैदान असार मसान्तसम्म सक्नुपर्ने भए पनि केही प्राविधिक कारणले ढिला भएको बताए । यसैबीच राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र निर्माण कम्पनीबीच गत शुक्रबार भएको बैठकले प्राकृतिक खेलमैदान नै बनाउने निर्णय गरे पनि डिजाइन बनाउन अझै ८/१० दिन लाग्ने बताइएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo