श्रृंखला यसरी चढिन् पश्चिम युरोपका सर्वोच्च हिमाल (भिडियोमा)

श्रृंखला यसरी चढिन् पश्चिम युरोपका सर्वोच्च हिमाल (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो केही दिनदेखि पूर्व मिस नेपाल श्रृंखला खतिवडा चर्चाको शिखरमा छिन् । उनै श्रृंखलाले गत साउन ७ गते पश्चिम युरोपको सर्वाेच्च शिखर पनि चुमेकी छिन् ।

उनले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांक (Mont Blanc) को सफल आरोहण गरेकी हुन् । हिमालको चुचुरोमा उनले नेपाल र फ्रान्सको झण्डा फहराएकी छिन् । उनीसँगै भ्लगर सिशन बानियाँ, प्रज्वल थापा मगरले पनि हिमाल आरोहण गरेका छन् ।

नेपाल र फ्रान्सबिचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालस्थित फ्रान्सेली दुतावासले उनलाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको ब्यबस्था मिलाएको हो ।

हिमालको सफल आरोहणपछि श्रृंखला साइकल रेस कार्यक्रममा सहभागी हुने भएकी छन् । उनले त्यहा साइकलिस्ट र आयोजकसंग अन्तरक्रिया समेत गर्नेछिन् । त्यसपछि उनी आगामी जुलाइ २८ मा हुने समापन कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका छ ।

Logo