द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने ‘उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड २०१८’ एनआईसी एशिया बैंक लिमिटेडले पाएको छ। अन्य वाणिज्य बैंकहरूका वार्षिक वित्तीय प्रतिवेदनहरूलाई उछिन्दै एनआईसी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको हो ।
आइक्यानद्वारा आयोजित एक समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरे ।
आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरूलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरूलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ट वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रूपमा लिइन्छ ।
बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्स् (एनएफआरएस) को मापदण्डबमोजिम आफ्ना सरोकारवाला व्यक्ति तथा निकायहरूको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको छ ।
यस बैंकको मुलुकभर २९२ शाखा कार्यालयहरू, ३१० एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।





























प्रतिक्रिया