शेरबहादुर देउवा र गगन थापाको छलफल निष्कर्षविहीन

शेरबहादुर देउवा र गगन थापाको छलफल निष्कर्षविहीन

केन्द्रबिन्दु
57
Shares

काठमाडाैँ। चुनावअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत नभएपछि दुई नेताबीचकाे छलफल फेरि निष्कर्षविहीन बनेको छ। सभापति देउवा र महामन्त्री थापा सोमबार बिहानैदेखि बूढानीलकण्ठमा छलफलमा बसेका थिए।

उक्त छलफल निष्कर्षविहीन बनेको र महासमिति बैठकको उद्घाटन सत्रपछि फेरि बस्ने तय भएको छ।महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने, काँग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत बुँदामा देउवाको असहमति छ।

उनले कांग्रेससहितको गठबन्धनको सरकार चलिरहेको अहिलेको अवस्थामा यस्ता अडान राखिरहेका छन् भने महामन्त्री थापा पनि आफ्नो प्रस्तावमा अडिग देखिन्छन्। सभापति र महामन्त्रीबीच छलफल चलिरहेकाले महामन्त्रीको प्रस्ताव छाप्नका लागि प्रेसमा पठाउन ढिलाइ भइरहेको छ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ। उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने बताएका छन्। यद्यपि आजको छलफलमा महामन्त्री शर्मा भने सहभागी थिएनन्।

सभापति देउवाले आफूलाई अहसज लागेका कुरा प्रतिवेदनबाट हटाउन अडान लिएका छन् भने महामन्त्रीद्वयले प्रस्तावका कुरा कांग्रेसका कार्यकर्ताका चाहना र ग्राउण्ड रियालिटी भएकोले महासमितिमा छलफल हुनुपर्ने बताउने गरेका छन्।

सोमबार दिउँसो १ बजेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक सुरू हुँदैछ। सभापति देउवाले बैठक उद्घाटन गर्नेछन्।

Skip This
Skip This
Logo