अध्यक्ष ओलीकाे कटाक्ष- ‘गठबन्धनको एकमात्र एजेण्डा भनेकाे एमालेको बदनाम गर्नु हो’

अध्यक्ष ओलीकाे कटाक्ष- ‘गठबन्धनको एकमात्र एजेण्डा भनेकाे एमालेको बदनाम गर्नु हो’

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्नेमात्र रहेको टिप्पणी गरेका छन्।

एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले गत निर्वाचनपछि गठबन्धनको चरित्र बदल्न एमालेले पहल गरेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको बताएका हुन्।

साथै उनले गठबन्धन पूर्णत असफल भएको दाबी समेत गरे । ‘गठबन्धन राष्ट्रियताप्रति कमजोर, सुशासन प्रति कमजोर छ । विकासप्रति चासो छैन । चालु आयोजना बन्द छन् । अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको विरोध हो । एमालेलाई बदनाम गराउने एउटामात्रै गठबन्धनको एजेण्डा हो’, ओलीले भने, ‘जनतामा निराशा छ । नागरिकहरु विदेश पलायन भएका छन् ।’

Skip This
Skip This
Logo