संसद् सुचारु गर्न प्रतिपक्ष तयार

संसद् सुचारु गर्न प्रतिपक्ष तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संसद बैठक सञ्चालनका लागि सहमति जुटेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने शर्तमा संसद सुचारू गर्ने सहमति भएको हो।

सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो।

यसअघि १ बजेका लागि निर्धारत प्रतिनिधि सभाको बैठक २ः३० का लागि सारिएको छ ।

Skip This
Skip This
Logo