त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

उक्त परिणामको सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय प्रहरीले जनाएको छ ।

Logo