तिलगंगा आँखा अस्पताललाई ‘WHO’ को मान्यता, ६० लाख आँखा रोगीको उपचार

तिलगंगा आँखा अस्पताललाई ‘WHO’ को मान्यता, ६० लाख आँखा रोगीको उपचार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ ।
२५ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो ।

आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकाले सो अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

उनले अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पुर्‍याएको योगदानको पनि खुलेर प्रशंशा गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सदा तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए । उनले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा ईकाई’ को व्यवस्था गर्ने घोषणा गरे ।

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक रुईतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गराए । हालसम्म ६० लाख आँखा रोगीहरुको उपचार गरेको तथा ४ लाख बढीको आँखाको शल्यक्रिया गरिएको पनि सो अस्पतालको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo