छोराले हँसिया प्रहार गर्दा बुबाको मृत्यु, आमा गम्भीर

छोराले हँसिया प्रहार गर्दा बुबाको मृत्यु, आमा गम्भीर

केन्द्रबिन्दु
0
Shares

कैलालीमा छोराले धारिलो हतियार हसिया प्रहार गर्दा बुवाको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।

घोडाघोडी नगरपालिका-११ सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११:३० बजे धारिलो हतियार हसिया प्रहार गर्दा ७५ वर्षीय बुबा काल्चे रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । घटनामा परी मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएको र उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

घरायसी विवादका कारण छोराले आफ्नै बुबामाथि धारीलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ ।

Skip This
Skip This
Logo