चाँगुनारायणमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ४ सय ६३ बिरामी लाभान्वित

चाँगुनारायणमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ४ सय ६३ बिरामी लाभान्वित

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले भक्तपुरको चाँगुनारायणमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं २ को आयोजनामा वडा स्वास्थ्य चौकीमा भएको निःशुल्क शिविरमा ४६३ बिरामी लाभान्वित भएका छन् ।

त्यस्तै निःशुल्क स्वास्थ्य शिविरमा  ३२ जनाको ईसीजी, ७८ जनाको भिडियो एक्सरे, ६७ जनाको ल्याब परीक्षण तथा गरिएको थियो । २३ जनाको ईको गरिएको थियो । त्यस्तै २३ जनाको दाँत खोलिएको थियो भने ३२ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले दिएको जानकारी दिए।

पछिल्लो समय केएमसी अस्पतालले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको हाे।

Skip This
Skip This
Logo