काठमाडौं,
सत्तारुढ दल नेकपाको स्कूल विभागमा पूर्वएमाले र पूर्वमाओवादीको रस्साकस्सी परेको छ । जसमा पूर्वमाआवादीबाट प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले आफुले पाउनुपर्ने दाबी गरेका छन् ।
सचिवालय बैठक बस्नु अघि शनिवार पूर्वएमालेले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए भने पूर्वमाओवादीले आइतबार बिहान खुमलटारमा छलफल गरेका थिए ।
पूर्वएमालेको छलफलबाट स्कूल विभागको प्रमुखमा पोखरेललाई पठाउने छलफल गरेका थिए । उक्त छलफल लगत्तै आइतबार बिहान पूर्वमाओवादीका नेताहरुले पुष्पकमल दाहाल निवास खुमलटारमा बैठक बसेर स्कूल विभागमा पोखरेललाई नमान्ने छलफल गरेका थिए । स्कूल विभागमा पूर्वमाओवादीले पाउनुपर्ने दाबी गरेको छ । बैठकमा स्कूल विभागमा कुनै हालतमा नछाड्ने पूर्वमाओवादीहरुले दाबी गरेका छन् । पूर्वमाओवादीबाट श्रेष्ठलाई स्कूल विभागमा पठाउने तयारी गरेको छ ।
नागरिकबाट































प्रतिक्रिया