गाजा युद्ध समाप्त भएपछि पनि हाम्रो निगरानी जारी रहन्छः प्रधानमन्त्री नेतान्याहु

गाजा युद्ध समाप्त भएपछि पनि हाम्रो निगरानी जारी रहन्छः प्रधानमन्त्री नेतान्याहु

केन्द्रबिन्दु
72
Shares

काठमाडौं। इजरायलले गाजा युद्ध समाप्त भएपछि गाजा क्षेत्रमा अप्रत्यक्ष निगरानी गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्। उनले आफ्नो मन्त्रिपरिषद्लाई जानकारी गराएको प्रस्तावमा गाजाको दैनिक प्रशासनिक गतिविधि र सुरक्षा अवस्थामा इजरायलको निगरानी रहने प्रष्ट पारेका हुन्।

प्रधानमन्त्री नेतान्याहुले शुक्रबार मन्त्रिपरिषदमा यससम्बन्धी कार्ययोजना पेस गरेका थिए। यो प्रस्तावपछि अमेरिका इजरायलसँग रुस्ट हुने अनुमान गरिएको छ। अमेरिकाले प्यालेस्टाइन (गाजा क्षेत्र)लाई स्वायत्तता प्रदान गर्नुपर्ने पक्षमा छ।

प्यालेस्टाइनबाट हमास हटाउने योजनामा अमेरिकाको साथ पाए पनि इजरायलको अप्रत्यक्ष निगरानीलाई स्वीकार्य नहुने संकेत अमेरिकाले पटक पटक गर्दै आइरहेको छ।

२०२३ को अक्टोबर ७ बाट सुरु भएको इजरायल प्यालेस्टाइन युद्ध अहिले पनि जारी छ। यो युद्धमा अहिलेसम्म ३० हजार बढीको मृत्यु भएको छ भने घाइतेको संख्या ७० हजार नाघेको छ।

Skip This
Skip This
Logo