रअ प्रमुख गोयल नेपालमा

रअ प्रमुख गोयल नेपालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आएका छन् । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।

गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले भन्यो– ‘उहाँहरुको नेपाल बसाइ अझ लम्बिन सक्ने बुझेका छौं ।’

रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । सो होटलको कोठा नं ३२४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ ।

रअ टोलीले सत्तारूढ दलका नेता र प्रतिपक्षी नेपाली कांग्रेससहित नेतासँग पनि भेटघाट गर्ने स्रोतले जनाएको छ । नेपालका नेतासँग रअ अधिकारीहरुले होटलमै भेटवार्ता गर्ने वातावरण मिलाइएको सुरक्षा निकायले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo