चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु, चिकित्सक सम्पर्क बिहिन

चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु, चिकित्सक सम्पर्क बिहिन

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम,

जनकपुरधामको सरकारी अस्पतालमा चिकित्सकहरूको लापरबाहीले बिरामीको ज्यान गएको २० घण्टा नवित्दै एक निजि अस्पतालमा पनि चिकित्सकको लापरर्वाहीले बिरामीको ज्यान गएको छ । रामजानकी अस्पतालमा उपचारको क्रममा धनुषाको बटेश्वर गाउँपालिका ३ का ४५ वर्षीय बिन्देश्वर ठाकुरको मृत्यु भएपछि विरामीका आफन्तहरुले अस्पताल प्राङगणमा प्रदर्शन गरिरहेका छन् ।

सामान्य बिरामी भएका ठाकुर शनिबार बिहान करिब ८ बजेट ठाकुर अस्पतालमा भर्ना भएका थिए । रेफर गर्ने अवस्था नरहेको भन्दै चिकित्सकले उपचार जारी राखेका थिए । आइतवार दिउँसो बिरामीको मृत्यु भएको अस्पतालले जनायो । बिरामीको मृत्यु भएपछि उनका आफन्त आक्रोशित बनेका छन् । अस्पतालमा तनाव भएपछि अहिले ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ ।

बिरामीको मृत्यु भएपछि उनको उपचारमा संलग्न डा. प्रेम सिंह र डा. ऋषि मण्डल सम्पर्कविहीन छन् । मृतकका ज्वाइँ महेश शर्माले अवस्था बिग्रेपछि रेफर नगरेर चिकित्सकले गल्ती गरेको बताए । उनले भने, ‘बिहान अचानक पेट ढाडिएपछि अस्पतालमा भर्ना गराए । डाक्टरले बाहिर लानु पर्दैन हामी उपचार गर्छौं भनेको केही बेरमै बिरामीको मृत्यु भएको घोषणा गरियो ।’

अस्पतालका प्रशासन प्रमुख विकास चन्द्र गुप्ताले भर्ना भएका बेला बिरामी ठाकुरको अवस्था सामान्य रहे पनि दिउँसो अचानक बिग्रेर मृत्यु भएको बताए ।
राजधानीबाट

Skip This
Skip This
Logo