गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश फैलाउन ‘बुद्ध विश्व अभियान’ चलाउँदै आएका गायक धिरज राईले पर्यटकीय नगरी सौराहामा पनि अभियान थालेका छन्।
पर्यटकीय नगरी सौराहामा रहेका हात्तीहरुमा बुद्धको ब्यानर र स्टिकर राखेर अभियानलाई निरन्तरता दिएका हुन्। पर्यटकहरुको पहिलो रोजाइमा पर्ने भएकाले हात्तीमार्फत बुद्धको प्रचार गर्न लागिएको उनले बताए।
बुद्धको बारेमा रहेको भ्रम पर्यटकहरुले नै चिर्ने भएकाले पर्यटकहरुलाई लक्षित गरि अभियान थलिएको उनले जानकारी दिए । उनले यस अघि पोखरास्थित फेवातालको डुंगाहरु र काठमाडौँको ट्याक्सीहरुमा बुद्धको स्टिकरहरु टाँसेका थिए ।
बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम चिर्न उनले बिभिन्न अभियानहरु संचालन गर्दै आएका छन् ।
यो पनि





























प्रतिक्रिया