नेकपाको सचिवालय बैठक सुरु

नेकपाको सचिवालय बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी एकता प्रक्रियाका बांकी काम टुंगो लगाउने प्रस्तावहरुमाथि छलफल भैरहेको छ ।यसअघि भएका सहमति वमोजिम पेश हुने प्रस्तावहरु बैठकले अनुमोदन गर्नेछ।

बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने छ ।

नेकपामा विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद् सहित ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले र १४ बिभाग माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।

सबैभन्दा शक्तिशाली संगठन विभागको जिम्मेवारी सचिवालय सदस्य बामदेव गौतमलाई  दिने तयारी भएको छ भने पार्टीमा दोश्रो वरियतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालले विदेश विभागको जिम्मेवारी पाउने छन् । झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठान र ईश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिने सहमति पूर्व एमालेका शीर्ष नेताका बीचमा भईसकेको छ ।

तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ । अर्थ र प्रचार विभागको जिम्मेवारी पूर्व माओवादीको भागमा परेको छ ।ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी १ सय २१ सदस्य हुने गरी भागबन्डा गरि सकिएको छ ।

Skip This
Skip This
Logo