काठमाडौं । पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् । नेकपा सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका हुन् । आज दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दैछ ।
बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाईने छ । त्यसको तयारी स्वरुप पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका हुन् ।
बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको नेताहरुले बताएका छन् । नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउनेछन् । आफ्नो भागमा परेका विभागमा कुन नेतालाई जिम्मेवारी दिने भन्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।
यसअघि पूर्व एमालेका नेताहरुले पनि अलग्गै बैठक बसेर जिम्मेवारीबारे छलफल गरेका थिए । पूर्वएमालेको भागमा परेको संगठन विभागको जिम्मा वामदेव गौतमलाई र विदेश विभागको जिम्मा माधव नेपाललाई दिने लगभग टुंगो लागिसकेको छ ।





























प्रतिक्रिया