५४ थान लागू औषधसहित ४ जना पक्राउ

५४ थान लागू औषधसहित ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

उदयपुर,

उदयपुर सदरमुकाम नजिकै असारीबाट ४ युवा प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १३ किरात चोकमा केही युवाहरुको समूह लागू औषध सेवन गरिरहेको खवर स्थानीयले दिएको आधारमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो ५४ थान लागू औषधसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा त्रियुगा १३ असारीका २२ वर्षीय रविन राई, सोही ठाउँका १६ वर्षीय सुगम राई, असारीकै २४ वर्षीय दिनेश दनुवार र १५ वर्षीय प्रदिप सुर्खेती रहेका छन् । उनीहरुको साथबाट फेनार्गन, लुपिजेसिक र डाईजोल्याप नामक प्रतिबन्धित लागू औषध बरामद भएको छ । तीनै थरी लागू औषध १८/१८ एम्पुल (थान) बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । उनीहरुमाथि लागू औषध प्रयोग सम्बन्धी अभियोग अनुसार कारबाही गर्ने गरी थप अनुसन्धान अघि बढाइने उनले बताएका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo