काभ्रे।
काभ्रे जिल्लामा आज ७ जना संक्रमित थपिएका छन् । आज २ जना निको भएका छन् । काभ्रेमा आज ६७ वर्षिय पुरुषको संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १६३ जना संक्रमित छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका ३, धुलिखेलका ३ र नमोबुद्धका १ जना रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ३१ सय ६३ पुगेको छ । निको हुनेको संख्या ३ हजार १७ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १०४ जना रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट ४२ पुरुष र १६ महिला गरी ५८ जनाको मृत्यु भएको छ । जसमध्ये १२ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ । आज ७१० जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ । आज मात्र १२ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । आज निको हुनेको संख्या १ हजार १७५ रहेको छ ।
आजको पिसिआर परीक्षण ४ हजार ७८० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ६६ हजार २१० रहेको छ । आज ८ हजार ८४० जना सक्रिय संक्रमितको संख्या रहेको छ ।































प्रतिक्रिया