शिक्षण अस्पतालमा दोस्रो पटक पनि सफल भयो कलेजो प्रत्यारोपण

शिक्षण अस्पतालमा दोस्रो पटक पनि सफल भयो कलेजो प्रत्यारोपण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

कलेजोमा कडापन भई अस्वस्थ भएका ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् ।

काठमाडौं उपत्यका बाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिन तयार भएपछि शुक्रबार प्रत्यारोपण गरिएको हो। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सकीय टोलीले कलेजो प्रत्यारोपण गरेको हो । ससुराको उमेर ४४ वर्षको छ ।

चिकित्सा विज्ञानमा जटिल शल्यक्रियाका रुपमा लिइने कलेजो प्रत्यारोपणमा झण्डै १० घण्टा लागेको थियो । दुवैको नाम अस्पतालले सार्वजनिक गरेको छैन । कलेजो दिने र लिने दुवै जनाको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालमा यो समेत गरि दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणमा नयाँदिल्लीस्थित फोर्टिज अस्पतालका डा. विवेक भिजले सहयोग गरेका थिए । गत जेठ १७ गते पहिलो पटक गरिएको प्रत्यारोपणमा बुवालाई विवाहित छोरीले कलेजो दान गरेकी थिइन् । दुवै पटकको प्रत्यारोपण सफल भएपछि उत्साहित डा. भण्डारीले विरामीलाई नयाँ जीवन प्रदान गर्न पाउँदा खुशी लागेको बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo