पोखरा,
पोखरा महानगरपालिका–१६, सिप्लेकुनास्थित एक कुखुराको खोरमा चितुवा पसेको छ । राति खोरमा पसेको सो चितुवालाई डार्टिङ (वन्यजन्तुलाई टाढैबाट बेहोस बनाउने सुई राख्ने प्रविधि) प्रयोग गरी नियन्त्रणमा लिईएको र लेखनाथको पचभैयास्थित चिडियाखानामा छोडिएको छ ।
सिप्लेकुनाका सोभितबहादुर केसीले पालेका ५ सय कुखुरा रहेको खोरमा एक्कासि चितुवा पसेपछि केसीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । त्यसपछि चितवनबाट डार्टिङ टोली झिकाइएको थियो । चार जना डार्टिङ टोली सहयोगमा चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले जानकारी दिए ।
खोरमा पसेको चितुवा ढोका बन्द भएपछि थुनिएको र कुखुरालाई भने आक्रमण नगरेको बताइएको छ । खोरमा रहेका केही कुखुरा भने डरले एकै ठाउँमा जम्मा हुँदा करिब १० वटा जति मरेका छन् ।
राजधानीबाट































प्रतिक्रिया