४ किलो आइस ड्रग्ससहित पोर्चुगिज नागरिक पक्राउ

४ किलो आइस ड्रग्ससहित पोर्चुगिज नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले लागूऔषध आइस डग्ससहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले राहदानी नं. ७२०१२९२ बाहक मेन्डिज पेरिरा नाम गरेका पोर्चुगिज नागरिकलाई पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीका अनुसार उनको साथबाट ४ किलो ३८० ग्राम आइस एम्फिटामिन बरामद भएको छ । विभिन्न बट्टामा फल्स बटम बनाएर ल्याउने क्रममा लागूऔषध समातिएको प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo