चर्चित भारतीय कमेडियन कपिल शर्माको अपार्टमेन्टमा आगलागी भएको छ । मुम्बईमा रहेको उनको अपार्टमेन्टमा बिहिबार दिउँसो आगलागी भएको हो।
भान्साबाट शुरु भएको आगो बाहिर समेत फैलिएपछि स्थानीयले दमकल र प्रहरीलाई खबर गरेका थिए । दमकलले आधा घण्टामा आगो नियन्त्रणमा लिएको बताइएको छ ।
आगलागी हुँदा घरमा कोही नभएकाले कुनै मानवीय क्षति नभएको जनाईएको छ ।































प्रतिक्रिया