पाकिस्तानका पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

लाहोर,

पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई गिरफ्तार गरिएको छ । भ्रष्टाचार सम्वन्धी मुद्दा हेर्ने अदालतमा उनलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् । उनी पाकिस्तान मुस्लीम लिग नवाज (पिएमएल—एन) का नेता हुन भने सो पार्टी पछिल्लो निर्वाचनमा नराम्ररी पराजित भएको थियो ।

अब्बासीलाई गिरफ्तार गरिएको छ, उनलाई आज वा भोलि अदालतमा लगिनेछ, एक वरिष्ठ सरकारी अधिकारीले भने । नाम नखुलाउने शर्तमा एक अधिकारीले दिएको गिरफ्तार सम्वन्धी सूचनालाई अर्का सरकारी अधिकारीले पनि पुष्टी गरेका छन् ।

अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो । अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत बर्ष नै सात बर्षे जेल सजायको फैसला सुनाइएको थियो ।

भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाई शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ । पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याको रूपमा रहेको छ । एक बर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उनले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिएका छन् ।
एएफपी

Skip This
Skip This
Logo