डब्ल्यूपीएलमा बैंगलोरको लगातार दोश्रो जित, गुजरातको हार

डब्ल्यूपीएलमा बैंगलोरको लगातार दोश्रो जित, गुजरातको हार

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा आरसीबीले गुजरात जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो।

टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो। १०८ रनको लक्ष्य पछ्याएको आरसीबीले १३ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।
खेलको सुरुमा रोयल च्यालेन्जर्स बैंग्लोरकी कप्तान स्मृति मन्धनाले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएकी थिइन् थिइन्।

गुजरातका लागि हरलिन देओल र बेथ मुनी ब्याटिङ ओपन गर्न आए तर रेणुका सिंह ठाकुरको अगाडि गुजरातको शीर्ष क्रम फ्लप जस्तै देखियो। रेणुकाले बेथ मुनीलाई ८ रन र फिबी लिचफिल्डलाई ५ रनमा पभेलियन पठाइन्।

मध्यक्रममा वेदा कृष्णमुर्ती र एस्ले गार्डनर पनि फ्लप भए। कृष्णमुर्तीले ९ तथा गार्डनरले ७ रनको मात्रै योगदान गरिन्। गुजरातका लागि डिलन हेमलताले सर्वाधिक ३१ रन र हरलिन देओलले २२ रन जोडिन्। आरसीबीका लागि सोफी मोलिनक्सले ३ र रेणुकाले २ तथा जर्जिया वेयरहामले १ विकेट लिए।

१०८ रनको लक्ष्यको जवाफमा बैंग्लोरको ब्याटिङमा कप्तान स्मृति मन्धानाले तीव्र सुरुवात गरेपनि ३२ रनको स्कोरमा सोफी डेभिन ६ रन बनाएर पभेलियन फर्किएकी थिइन्। त्यसपछि पनि मन्धनाको ब्याट रोकिएन, उनले २७ बलमा ८ चौका र १ छक्का सहित ४३ रनको शानदार इनिङ खेलिन्।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी सबिनेनी मेघनाले अविजित ३६ र एलिस पेरीले २३ रन बनाएउँदै आरसीबीलाई १२.३ ओभरमा ८ विकेटले जिताए। मेघनाले ३६ रनको पारीमा ५ चौका र १ छक्का प्रहार गरिन् भने एलिस पेरीले २३ रनको पारीमा ४ चौका प्रहार गरिन्। गुजरातका लागि गार्डनर र तनुजा कवरले एक एक विकेट लिए । जितसँगै बैंगलोर अंक तालिकाको पहिलो स्थानमा पुगेको छ भने गुजरातले लगातार दोस्रो हार बेहोरेको छ।

Skip This
Skip This
Logo