माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर गरिने

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर गरिने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आगामी जागरण अभियानबारे तयारी र नेताहरूको जिम्मेवारी बाँडफाँटबारे टुंगो लगाउने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

नेताहरूका अनुसार बैठकले प्रदेश इन्चार्जहरूको हेरफेर गर्ने तयारी छ। एक नेताका अनुसार प्रदेश इन्चार्जका लागि कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव भएको छ।

‘प्रदेशका इन्चार्ज र सहइन्चार्जहरूको नाम स्थायी समितिले टुंगो लगाउने तयारी छ,’ ती नेताले भने। माओवादीमा राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र आसन्न उपनिर्वाचनका विषयमा विवाद भएको छ।

वर्तमान सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसभित्र वर्तमान गठबन्धनका विषयमा विभिन्न धारणाहरू रहेको बाहिर आएपछि माओवादी केन्द्रका नेताहरूले आक्रोस पोखेका हुन्। राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले दाबी गर्नुपर्ने, उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने लगायत प्रस्तावहरू माओवादीभित्र उठेका छन्।

Skip This
Skip This
Logo