हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपूर्जा अभाव हुन नदिने सीजी मोटर्सको प्रतिवद्धता 

हिरोको अफ्टर सेल्स सर्भिस र पार्टपूर्जा अभाव हुन नदिने सीजी मोटर्सको प्रतिवद्धता 

केन्द्रबिन्दु
15
Shares

काठमाडाैँ। सीजी मोटर्सले हिरो मोटरसाइकल बिक्रीपछिको सेवा र पार्टपूर्जा अभाव हुन नदिइने प्रतिबद्धता जनाएको छ। नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सीजी मोटर्सले बिक्रीपछिको सेवा चुस्त बनाउन लागेको हो।

केही समयदेखि हिरोको आधिकारिक बिक्रेताबारे अन्योल कायम रहँदा उपभोक्ताले बिक्रीपछिको सेवामा समस्या बेहोर्नुपरेको कम्पनीले जनाएको छ। सिजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने कम्पनीको दाबी छ।

सीजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रण गरेको छ। ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्री मात्र गर्दैनौँ, ग्राहक पूर्ण सन्तुष्टि हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौं,’ सीजी मोटर्सले भनेकाे छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहने छैन।’

हिरोको आधिकारिक बिक्रेताको जिम्मेवारी पाएलगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरू गरिसकेको सीजी मोटर्सले जनाएको छ। कम्पनीको प्रतिवद्धता छ, ‘हामी उत्कृष्ट थ्रिएस सेवा दिने प्रतिबद्धता जाहेर गर्छौं, हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले फिल गर्ने गरि उत्कृष्ट बनाउनेछौँ। पार्टपूर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रक्रिया अगाडि बढाइसकेका छौँ ।’

अर्को महिना मार्चदेखि हिरोका सर्भिस सेन्टरहरूमा पार्टपूर्जाहरू सहज रूपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउससमेत तयार भइरहेको छ। पार्टपूर्जा आयात गर्नका लागि प्रतितपत्र (एलसी) खोलिसकेको छ।

‘पछिल्लो केही समयदेखि पार्टपूर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन’ सीजी मोटर्सका सेल्स एण्ड अपरेशन हेर्ने जिएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिँदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो।’

नेपालमा हिरो लोकप्रिय ब्रान्डका रूपमा स्थापित छ। हिरोका मोटरसाइकल र स्कुटर सर्वाधिक बिक्री हुनेमा पर्छन्। हजारौंको संख्यामा रहेका हिरोका ग्राहकहरू सन्तुष्ट गराउने एकमात्र लक्ष्य रहेको कम्पनीको भनाई छ।

सेल्स, सर्भिस, स्पेयर्स पार्टस्सँगै वारेन्टीको कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ । हामीले अबदेखि वारेन्टीलाई सुनिश्चित गर्नेछौँ। सीजीले हिरो ब्राण्ड लिनुअघि वारेन्टीका समस्या छन् भने समाधानका लागि पहल गर्ने पनि जनाएको छ ।

नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीति अनुसार मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुप मातहतको सिजी मोटर्ससँग सहकार्य गरेको थियो।

यही सहकार्यअन्तर्गत हिरो मोटोकर्प र सिजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादनहरू एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ दि आर्ट ग्रीन फिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेको कम्पनीले जनाएको छ । यसले स्थानीय अर्थतन्त्र र रोजगारीका अवसरहरू सिर्जना गर्ने कम्पनीको विश्वास छ।

Logo