काठमाडौं । न्याय परिषद्ले एकैदिन २३४ न्यायाधीशहरुको सरुवा गरेको छ । न्यायालय सुधारका लागि चौथो पञ्चवर्षिय योजना लागु भएको दोस्रो दिननै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले २३४ न्यायाधीशहरुको सरुवा गरेका हुन् ।
प्रधान्यायाधीश जबराको अध्यक्षतामा रहेको न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरिएको हो । दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गर्ने निर्णय बिहीबार बसेको परिषद् बैठकले गरेको हो । न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश राणाले सरुवा गरेका हुन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेका हुन् । यस्तै विशेष अदालतको अध्यक्ष पनि हेरफेर गरिएको छ । उच्च अदालत दिपायलका न्यायाधिश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गरिएको छ ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/jugdge.pdf&































प्रतिक्रिया