१४ औँ राष्ट्रपति रनिङ शिल्ड बैशाख ४ गतेदेखि सञ्चालन हुने

१४ औँ राष्ट्रपति रनिङ शिल्ड बैशाख ४ गतेदेखि सञ्चालन हुने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशााख ४ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको मिति निर्धारण गरेको हो।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता २०८१ साल बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा गर्ने निणर्य गरेको हो।

अहिले जिल्लास्तरीय खेलकुद सकिएर प्रदेशस्तरका प्रतियोगिताहरू भइरहेका छन्। त्यहाँबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय प्रतियोगिता खेल्ने छन्।

अहिले ७५३ वटै स्थानीय तहबाट खेलाडी छनोट भइसकेको राखेपले जनाएको छ। प्रतियोगिताको समुद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने राखेपले निणर्य गरेको छ।

Skip This
Skip This
Logo