काठमाडौँ,
दुईतिहाइको बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकार पनि चालू आर्थिक वर्षमा लक्ष्य अनुसार खर्च गर्न र त्यसका लागि पर्याप्त राजस्व उठाउन असफल भएको छ । महालेखा परीक्षकको कार्यालयको मंगलबार साँझ ७ बजेसम्मको विवरण अनुसार सरकारले कुल बजेटको केवल ८३ प्रतिशत मात्र रकम खर्च गर्न सकेको छ । यो ‘असारे बजेट खर्च’पछिको विवरण हो ।
असारभित्र मात्रै सरकारले २ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ । असार १ गते सरकारले कुल ८ खर्ब २९ अर्ब ४ करोड रुपैयाँ खर्च गरेकोमा असार ३१ गत साँझ यो रकम १० खर्ब ९२ अर्ब २१ करोड रुपैयाँ पुग्यो । मंगलबार दिनभरिमा मात्रै सरकारले १४ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ, यसमध्ये चालूतर्फ ६ अर्ब ३६ करोड र पुँजीगततर्फ ८ अर्ब २१ करोड ८६ लाख रुपैयाँ छ ।
आर्थिक वर्षको अन्तिम दिन रातारात गरेर बिल बनाएर भुक्तानी गरेकाले एकै दिन पुँजीगत खर्च धेरै देखिएको हो । असार १ गते जम्मा १ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत बजेट खर्च भएकोमा ३१ गते साँझ ७ बजेसम्म २ खर्ब ३५ अर्ब ८० करोड रुपैयाँ खर्च भएको पाइएको छ । अर्थात्, एक महिनाभित्रै ८० अर्ब ४५ करोड रुपैयाँ पुँजीगत खर्चमा सकियो ।
कारोबारबाट































प्रतिक्रिया