काठमाडौँ,
तराईमा बाढी र डुबानका कारण अलपत्रमा परेकाको उद्धार सके लगत्तै राहतका लागि क्षतिको विवरण सङ्कलन अभियान सुरु भएको छ ।
घरबारविहीन भएकालाई शिविरमा राखेर तत्कालीन राहतसहित विवरण सङ्कलन गरिँदैछ । हरेक टोल, गाउँ र नगर क्षेत्रमा भएका मानवीय, भौतिक र आर्थिक क्षतिको पूर्ण विवरणको सङ्कलन सुरु भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । विपद्पछि भएको जनधनको क्षति, भौतिक संरचनाको पूर्ण क्षति, आंशिक तथा अन्य क्षतिको अवस्था यकिन गरेपछि मात्र ठोस राहत प्रदान गर्न सकिने प्रमुखहरूको भनाइ छ ।
गृह मन्त्रालयले भने स्थानीयतह, प्रदेश र केन्द्रको संयोजनमा एकद्वार प्रणालीबाट राहत वितरणको प्रक्रिया सुरु भएको जनाएको छ । जसका लागि तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्ने काम अधिकांश क्षेत्रमा भइरहेको जानकारी प्राप्त भएको छ । स्थानीय र प्रदेशले नधानेको खर्च केन्द्रले बेहोर्ने आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो ।
गोरखापत्रबाट































प्रतिक्रिया