नेकपाको एकता प्रक्रिया टुंगियो

नेकपाको एकता प्रक्रिया टुंगियो

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया टुंगिएको छ ।

एकता प्रक्रिया टुंग्याउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताबीच ४ घण्टा लामो छलफल भएको थियो।

बैठकपछि नेकपाका महासचिव विष्णु पौडेलले एकता प्रक्रियाका सम्पूर्ण गृहकार्य सम्पन्न भएको जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले भने ‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको छ ।’

नेता पौडेलले छिट्टै बस्ने सचिवालय बैठकमा गृहकार्यको एजेन्डा प्रस्तुत गरि निर्णय निर्णय गरेर कार्यान्वयनमा जाने बताए । केन्द्रीय निकाय तथा विभाग तथा जनवर्गीय संगठनको कार्यविभाजनका विषयमा पनि गृहकार्य टुंग्याएको छ ।

Logo