फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छः उपप्रधानमन्त्री खड्का

फास्ट ट्रयाक २०८३ सम्म तयार हुन्छः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम २०८३ सालसम्म सम्पन्न हुने बताएका छन्।

लगातार समयावधि र लगानी थप भइरहेको उक्त सडक आयोजनाको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ। काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भएतापनि २०८३ चैत मसान्तभित्र काम सकिने उनले बताएका हुन्।

राष्ट्रिय सभाको बैठकमा शुक्रबार उनले भने,‘फास्ट ट्रयाकको काम सुरु भएपछि बीचमा कोरोनाको कारणले प्रभावित भएको थियो। त्यसले गर्दा पनि यसको काममा ढिलाइ भएको हो।अब २०८३ चैत मसान्तसम्ममा फास्ट ट्रयाक सम्पन्न गर्नेगरि नयाँ तालिका मन्त्रिपरिषद्बाट निर्णय भएर सार्वजनिक गरेको र त्यही अनुसार काम अगाडि बढेको छ।’

यसअघि राष्ट्रिय सभामा सांसदहरुले फास्ट ट्रयाकको काम अपेक्षित गतिमा किन अगाडि बढ्न नसकेको भनी जवाफ मागेका थिए। सदनमा उठेका प्रश्नहरुको जवाफ छिटोभन्दा छिटो दिने व्यवस्था मिलाउने पनि उनले रक्षामन्त्रीको हैसियतले विश्वास दिलाएका छन्।

Skip This
Skip This
Logo