कसले गर्‍यो प्रचण्डको दिमाग खराब ?

कसले गर्‍यो प्रचण्डको दिमाग खराब ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले नेता नेताबीच झगडा गराएको आरोप लगाएका छन् । प्रतिक्रियावादीहरुले नेताहरुलाई एक आपसमा भिडाएर दिमाग खराब गरेको समेत उनले बताएका छन् ।

ललितपुर जिल्ला कमिटीलाई सपथ खुवाउँदै अध्यक्ष प्रचण्डले नेताका बीचमा झगडा गराउने भन्दा मिलाउने भूमिका खेल्न प्रतिक्रियावादीहरुलाई आग्रह गरे । एउटा नेतालाई एउटा कुरा भन्ने अर्कोलाई अर्को कुरा भन्ने र नेताहरुबीच झगडा गराउने प्रवृति बढेको उनको दाबी छ ।

‘नेताका बीचमा झगडा लगाइदिने होइन मिलाइदिने भूमिका खेल्नेतिर तपाईंहरू अग्रसर हुनुस्। तपाईंहरू उपत्यकाभित्र हुनुहुन्छ तपाईंले देखाउने आचरण देशैभर देखिन्छ।’ अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रियावादीले ‘फुटाऊ र शासन गर’ भनेजसरी नेताका बीचमा कुरा लगाइदिएर दिमाग खराब बनाएको प्रचण्डको भनाई थियो  ।

Skip This
Skip This
Logo