कटरिनाको बर्थ डे आज, यस्तो छ फिटनेसको राज

कटरिनाको बर्थ डे आज, यस्तो छ फिटनेसको राज

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री कटरिना कैफको आज ‘बर्थ डे’ ।

आजबाट उनी  ३६ बर्षकी भइन् । कटरिना फिट बडीको कारण चिनिन्छिन् । उनी फिटनेस, डाइट र स्किन केयरको लागि धेरै मेहनत गर्छिन् । वर्कआउट गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् । फिटनेसप्रति उनी निकै सचेत छिन् । बिना मेकअप पनि उनी निकै सुन्दर देखिन्छन्, जति उनी पर्दामा देखिन्छिन् ।

वर्कआउट तालिका

कटरिना बर्षौदेखि योगा गर्दै आइरहेकी छिन् । फिल्मी करियर सुरु गर्नुभन्दा अघिदेखि नै उनले योगा सुरु गरेकी हुन् । उनले ‘वर्कआउट’ सुरु गरेको भने करिव ९ बर्ष भयो । उनी दैनिक अलग अलग किसिमको ‘एक्सरसाइज’ गर्न रुचाउँछिन् । दैनिक वर्कआउटमा ‘पाइलेट्स’ र ‘कार्डियो’ भने छुटाउँदिनन् । उनको एक्सरसाइजमा ‘फ्लेक्जिबिलिटी’ र शक्ति बढाउन मद्दत गर्ने खालको गर्छिन् ।

उनको दिनको सुरुवात ‘जगिङ’बाट हुन्छ । जसले उनलाई सक्रिय र अतिरिक्त क्यालोरी बर्न गर्न मद्दत गर्छ । उनी हप्तामा ४–५ पटकमात्र जिम जान्छिन् ।

डाइट प्लान

भोजनले फिटनेसमा एक महत्वपुर्ण भुमिका निभाउँछ भन्ने कुरा कटरिनाले राम्रोसँग बुझेकी छिन् । त्यसैले उनी सन्तुलित आहारमा ध्यान दिन्छिन् । उनको आहारमा हाई प्रोटिन, काब्र्स, फाइबर र स्वस्थ फ्याट हुन्छ ।

एक गिलास अनारको रसबाट कटरिनाले दिनको सुरुवात गर्छिन् । त्यसको साथमा ओटमिल, अनाज, अण्डा खान्छिन् । कटरिना दिँउसोको खानामा फलफुल र सब्जीसँग सादा राइस, हरियो सलाद खान्छिन् । कहिलेकाहि ग्रील्ड माछा र ब्राउन ब्रेड पनि खान्छिन् ।

डिनरमा उनी सलाद, रोटी र भेजिटेबल सुप खान्छिन् । विना तेलमा पकाएको खाना खान्छिन् । कहिलेकाहि राती अण्डा पनि खान्छिन् । प्रशस्त मात्रामा पानी पिउँछिन् । काम गर्दा भोकलाई शान्त पार्न ‘ब्राउन ब्रेड स्यान्डविच’ खान्छिन् ।

एजेन्सीको सहयोगमा

Skip This
Skip This
Logo